Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङ-६ मा रास्वपाकी रुबिनासँग ४२ हजार मतान्तरले पराजित भए शेखर

मोरङ-६ मा रास्वपाकी रुबिनासँग ४२ हजार मतान्तरले पराजित भए शेखर

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । मोरङ–६ मा रास्वपाकी रुबिना आचार्य ४२ हजार ६६३ मतान्तरसहित निर्वाचित भएकी छन् । उनी ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १२ हजार ८८५ मत मात्रै प्राप्त गरे । जुन रुबिनाको भन्दा चार गुणा बढीले कम हो ।

उनी ०७९ को निर्वाचनमा भने यो क्षेत्रबाट निर्वाचित भएका थिए । एमालेका विनोद ढकालले आठ हजार ३१७ मत पाए ।
 
श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४००, राप्रपाका सविन निरौलाले दुई हजार ९२ मत प्राप्त गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077