Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पेट्रोलियम पदार्थको अभावमा नेपालमा दुई दिन छुट्टी भन्दै आजतकले लेख्यो यस्तो समाचार

पेट्रोलियम पदार्थको अभावमा नेपालमा दुई दिन छुट्टी भन्दै आजतकले लेख्यो यस्तो समाचार

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यबृद्धिलाई देखाउँदै भोलीबाटै लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । 

सरकारको आजको निर्णयसँगै सरकारी कार्यालय र शैक्षिक संस्थाहरु अब शनिबार र आईतबार छुट्टि हुनेछन् । 

बालेन्द्र शाह ‘बालेन’ सरकारले निर्णय गरे लगत्तै भारतीय सञ्चारमाध्यम आजतकले पनि नेपालमा दुई दिन छुट्टी भन्दै समाचार प्रकाशित गरेको छ । 

इन्धनको अभाव भएको भन्दै नेपाल सरकारले हप्तमा दुई दिन बिदा दिएको आजतकले उल्लेख गरेको छ । 

‘नेपाल सरकारले आइतबार दुई महत्वपूर्ण निर्णयहरू घोषणा गर्‍यो, जसमा सरकारी कार्यालयहरूका लागि शनिबार र आइतबार दुई साप्ताहिक बिदा घोषणा गरिएको थियो। नयाँ निर्णयले सरकारी कार्यालयहरूको खुल्ने समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ।’ आजतकको समाचारमा उल्लेख छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077