Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गुण्डागर्दी आरोपमा ठमेलबाट कोर्तु गुरुङ पक्राउ

गुण्डागर्दी आरोपमा ठमेलबाट कोर्तु गुरुङ पक्राउ

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । काठमाडौंमा गुण्डागर्दीमा संलग्न रहेको आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार गुरुङमाथि गुण्डागर्दी तथा बिचौलियाको रूपमा नागरिकलाई दुःख दिएको आरोप लागेको छ। पक्राउपछि उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

पछिल्ला दिनहरूमा प्रहरीले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा गुण्डागर्दी नियन्त्रण अभियान तीव्र बनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077