धनगढी । कैलालीको गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा बैठक आज बस्दैछ । बिहान ९ बजेदेखि विश्वविद्यालयकै परिसरमा बैठक बसेको हो ।
यसअघि काठमाडौंमा बस्ने गरेको स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो बैठक पहिलोपटक विश्वविद्यालयमै बस्न लागिएको हो ।
बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षासचिव, स्वास्थ्यसचिव, चिकित्सक शिक्षा आयोगका उपाध्यक्ष, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, मुख्यमन्त्रीलगायत १७ जनाको सहभागिता रहने विश्वविद्यालयका उपकुलपति प्रा. डा सुनिलकुमार जोशीले जानकारी दिए ।
सभाको अध्यक्षता विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीले गर्नेछन् । विश्वविद्यालयका बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।