Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हनिट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीलाई अदालतले दियो सफाइ

हनिट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीलाई अदालतले दियो सफाइ

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । ललितपुरको चर्चित ‘भैंसेपाटी हनिट्र्याप काण्ड’मा जोडिएकी प्रहरी इन्स्पेक्टर बिनुकुमारी शाहीले अन्ततः अदालतबाट सफाइ पाएकी छन्।

मंगलबार ललितपुर जिल्ला अदालतले उनलाई आरोपबाट मुक्त गर्ने फैसला सुनाएको हो।

यसै मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लाम भने दोषी ठहर भएका छन्। स्रोतका अनुसार उनलाई कैद सजाय सुनाइएको छ, यद्यपि सजायको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ।

यो प्रकरण त्यतिबेला सार्वजनिक भएको थियो, जब ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा कार्यरत रहँदा इन्स्पेक्टर शाहीमाथि एक घरजग्गा कारोबारीलाई ‘हनिट्र्याप’मा पारेर आर्थिक लेनदेन गरेको आरोप लागेको थियो।

घटनापछि केन्द्रीय अनुसन्धान ब्युरोले शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

यसअघि, २०८१ पुस ८ गते अदालतले शाहीलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। सोही घटनाका कारण उनी प्रहरी सेवाबाट निलम्बनमा परेकी थिइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077