Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

बुधवार , चैत्र २५, २०८२

कञ्चनपुर  । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।  

कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खड्कबहादुर खत्रीका अनुसार बुधबार दिउँसो झडप हुँदा पाँच जना कैदी घाइते भएका हुन् ।

घाइते हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा-११ का १९ वर्षीय भुवन नाथ, २६ वर्षीय भुवन ऐर, कञ्चनपुरकै भीमदत्त नगरपालिका-७ का २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका-८ का २६ वर्षीय राजु दमाई घाइेत भएका छन्। 

घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका कैदी हुन् । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कारागारमा झडप हुने वितिक्कै जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली खटिएको थियो।

प्रहरीले स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077