Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्यासिनोमा नेपाली प्रवेश रोकिएन, सुध्रिएनन् यी सञ्चालकहरु

क्यासिनोमा नेपाली प्रवेश रोकिएन, सुध्रिएनन् यी सञ्चालकहरु

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । देशभरका क्यासिनो र मिनी क्यासिनोमा नेपाली नागरिकहरुको प्रवेश बढ्न थालेपछि प्रहरीले छापा मार्दै प्रक्राउ गर्न थालेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गएराती सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साह कलवारले सञ्चालन गरेको सीएमजी क्लव क्यासिनोबाट कानून विपरित जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ गर्यो । 

कानूनतः क्यासिनोमा नेपाली प्रवेश गर्न, जुवा खेल्न र खेलाउन नपाइने भएपनि भारतीय आधार कार्ड बनाएर नेपालीहरुलाई प्रवेश गराउने गरिन्छ । यस्तो धन्दामा राजधानीकै अधिकांश क्यासिनोहरु संलग्न छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले बुढानीलकण्ठस्थित ‘लेमन ट्री होटल’भित्र सञ्चालित गरुड क्यासिनो र ताहाचलस्थित होटल सोल्टीमा सञ्जालित माजोङ क्यासिनोमा चैत ३ गते छापामारी अवैध रुपमा क्यासिनो खेलिरहेका १४ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । तर, सञ्चालकहरु भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

प्रहरीले महिनैपिच्छे छापा हान्दा पनि नसुध्रिएको बुढानिलकण्ठमा रहेको गरुड क्यासिनोमा भारतीय नागरिक रितेस भवानी, अनिल दुवेसँग नेपाली नागरिक अनिस शर्माको पार्टनरसिप रहेको बताइन्छ । 

उक्त क्यासिनोका जीएम देवेन्द्र आचार्य हुन् भने विष्णु पन्थीले मार्केटिङ हेर्दछन् । यी पाँचै जनाको मिलेमतोमा नेपाली नागरिकहरुलाई नक्कली भारतीय कार्ड बनाएर क्यासिनोमा प्रवेश गराउँदै आएको स्थानीयहरु बताउँछन् । 

क्यासिनो बाहिर बढि होहल्ला गर्ने, झगडा गर्ने जस्ता आपराधिक क्रियाकलापले गर्दा स्थानीयहरु समेत आजित भएपछि लाइसेन्स खारेजीको माग गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय र अदालतमा उजुरी दिन लागेको एक स्थानिय बासिन्दाले बताए । 

अधिकांश काभ्रेली गुण्डाहरुले भरिने उक्त क्यासिनोमा प्रहरीले जति छापा हान्दा पनि सञ्चालकहरुले अटेर गर्ने गरेको स्थानीयहरुको बुझाई छ । 

उक्त क्यसिनोमा राजधानीमा नाम चलेका केही मिटरब्याजीहरुले जुवाडेलाई लगानी गर्ने गरेको स्रोत बताउँछ । 

नेपालको क्यासिनो सम्बन्धी नियमावलीअनुसार नेपाली नागरिकलाई जुवा खेलाउन नपाइने व्यवस्था छ । 

यस्तो अवस्थामा नियम उल्लंघन गर्ने सञ्चालकलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने भए पनि गरुडका सञ्चालक अनिल शर्मा र माजोङ क्यासिनोका अध्यक्ष विनोद श्रेष्ठमाथि कुनै कारबाही नहुनुले प्रहरीको भूमिकामाथि पनि आशंका पैदा भएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077