Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । बैठक अपराह्न ४ः१५ बजे बस्न लागेको हो ।

संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरेको छ, जसमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन र धन्यवाद प्रस्ताव मुख्य विषयका रूपमा रहेका छन्।

बैठकको सुरुमा प्रधानमन्त्री वालेन्द्र शाहले २०८२ साल चैत २७ गते शुक्रबारका दिन राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति सभामा टेबुल गर्नेछन् ।

संयुक्त सदनमा गरिएको सो सम्बोधनको आधिकारिक दस्ताबेज राष्ट्रिय सभाको अभिलेखका लागि प्रधानमन्त्रीले प्रस्तुत गर्न लागेका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077