काठमाडौं । प्रतिनिधिसभाको सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
मंगलबार राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्णयार्थ पेस गरेको उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
बैठकमा उनले आर्थिक विधेयक, २०८३ पनि पेस गरे ।
योसँगै सङ्घीय संसद्को दुवै सदनबाट बजेट पारित भएको छ।