Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

मन्त्री लम्सालको घोषणा- तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाउँछौँ

मन्त्री लम्सालको घोषणा- तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाउँछौँ

मंगलवार , आषाढ २३, २०८३

काठमाडौं । भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै जिल्लाका  स्थानीय तहलाई सदरमुकामसम्म जोड्न आगामी तीन वर्षभित्र दुई लेन (डबल लेन) बनाउने घोषणा गरेका छन् ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले सो घोषणा गरेका हुन् ।

सदनमा बोल्दै मन्त्री लम्सालले भने- 'हाल कायम रहेका एक लेनका सडकहरूलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ । यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम शुरु गरिनेछ । 

मन्त्री लम्सालले कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै हाल निर्माणाधीन सडक खण्डमा करिब नौ वटा पुलहरू ‘डिजाइन एन्ढ बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिए। 

हाल निर्माणाधीन सडक खण्डमा करिब ९ वटा पुलहरू ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उनले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने उल्लेख गरे । 

पुल र सडकको वास्तविक स्थलगत निरीक्षणका लागि आफू आगामी साउन ३ गते त्यहाँ जान लागेको मन्त्री लम्सालको भनाइ थियो ।

साथै मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्‍याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अगाडि बढ्ने उनले बताए । 

उनले थप भने- 'सबै जिल्ला सदरमुकाम जोड्ने सडक र सबै पालिका सदरमुकाम जोड्ने सडक यसै वर्ष टेन्डर लाग्छन्। कर्णाली प्रदेशमा जतिवटा पनि पालिकाको केन्द्रसम्म सडक सञ्जाल पुगेको छैन अथवा कच्ची सडक छ यही सालबाट सुधारको काम हुन्छ।'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077