Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवक पक्राउ

कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवक पक्राउ

मंगलवार , बैशाख १, २०८३

कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको १४ लाख भारुसहित एक युवा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-८, बरकुलका २१ वर्षीय अभिषेक गुप्ता रहेका छन् ।

अवैध मुद्रा ओसारपसारको आशंकामा प्रहरीले बढाएको विशेष निगरानीमा सोमबार कपिलवस्तु नगरपालिका-१ को व्यस्त चोकबजारबाट स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँसहित अभिषेकलाई पक्राउ गरिएको थियो । 

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले लु.१८प ८७४७ नम्बरको मोटरसाइकललाई पछ्याएको थियो। प्रहरीको निगरानी देखेपछि मोटरसाइकल छाडेर भाग्ने प्रयास गरेका गुप्तालाई महेन्द्रगेटनजिकैबाट नियन्त्रणमा लिइएको हो 

खोजतलासीका क्रममा मोटरसाइकलको सिटमुनि र डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा पाँच सय दरका २८ गड्डी भारतीय रुपैयाँ बरामद गरिएको छ।

कपिलवस्तु प्रहरीका अनुसार पक्राउ परेका गुप्ता बर्रोहियास्थित न्यु गुप्ता पेट्रोल पम्पका सञ्चालकसमेत हुन्।

हाल गुप्तालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077