Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको १० लाखसहित एक जना पक्राउ

आइतवार , पौष २७, २०८२

सिरहा । सिरहामा स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका-३ मरिकटोल बस्ने २४ वर्षीय देवनाथ यादव रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले आज दिँउसो भगवानपुर गाउँपालिका-४ राडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरेको थियो ।

चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार नौ सय ९० रुपैयाँ नगद र साथमा उनले प्रयोग गरेको मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्ति र बरामद नगद आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077