Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोहित पौडेलको कप्तानीमा लिग २ खेल्ने नेपाली टोली घोषणा

रोहित पौडेलको कप्तानीमा लिग २ खेल्ने नेपाली टोली घोषणा

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं। आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। 

रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल गुलशन झा, र करण केसी रहेका छन्।

यस्तै, हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएको छ।

नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ ।

शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । पहिलो म्याचमा नेपाल र यूएई प्रतिस्पर्धामा उत्रिनेछन् । दोस्रो म्याच ओमान र यूएईबीच २७ अप्रिलमा हुनेछ ।

यस्तै २९ अप्रिलमा नेपाल र ओमान, मे १ मा नेपाल र यूएई तथा ३ मेमा यूएई र ओमान भिड्नेछन् । अन्तिम म्याच ५ मेमा नेपाल र यूएईबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077