काठमाडौं। राष्ट्रिय जेनजी नागरिक अभियानले बबरमहलमा रहेको नेपाल आयल निगममा प्रदर्शन गरेको छ।
पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगममा प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले हटाएको छ।
उनीहरूलाई प्रहरीले बबरमहल चोकभन्दा अघि बढ्न दिएको छैन।
राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्नाका साथै ज्ञापन पत्र बुझाउन खोजेका थिए ।
प्रहरीले भने समन्वय नभएको भन्दै उनीहरुलाई त्यहाबाट हटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा सोमबार काठमाडौंको बबरमहलस्थीत आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि अहिले निगम नजिकै प्रदर्शन गरिरहेका छन् ।
अभियानका सदस्यहरूले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्। साथै उनीहरूले केहीबेर ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ लगायत नारा समेत लगाएका छन्।
पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने अभियानका सदस्यहरूले चेतावनी दिएका छन्।
यसअघि शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो ।