Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोलि गर्ने भनिएको शान्तिपूर्ण जेनजी प्रदर्शन स्थगित

भोलि गर्ने भनिएको शान्तिपूर्ण जेनजी प्रदर्शन स्थगित

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । जेनजीले बिहीबार भोलि आयोजना गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित गरेको छ।

एनटीईके-जेड समूहले बुधबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक र अप्रिय घटना निम्त्याउने देखिएकाले स्थगित गरिएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ- 'केन्द्रीय समिटीको बैठक बसेर गरेको छलफलमा २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गर्दछौँ ।''

विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख गरिएको छ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077