Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आज अमेरिका फर्किँदै अमेरिकी सहायक विदेशमन्त्री कपुर

आज अमेरिका फर्किँदै अमेरिकी सहायक विदेशमन्त्री कपुर

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । अमेरिकाको अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनी आज स्वदेश फर्किन लागेका हुन् । भ्रमणको क्रममा कपुरले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ बनाउने, आर्थिक सहकार्य विस्तार गर्ने तथा लगानीका नयाँ अवसरबारे उच्चस्तरीय छलफल गरेका थिए।

भेटवार्ताका क्रममा उनले रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्ले सँग अलग–अलग भेट गरी द्विपक्षीय सहकार्यबारे छलफल गरेका थिए।

छलफलमा व्यापारिक सम्बन्ध विस्तार, लगानी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता, तथा नेपालमा बढ्दो प्रविधि क्षेत्रसँग अमेरिकी निजी क्षेत्रको सहकार्य विस्तारका विषयमा केन्द्रित कुराकानी भएको दूतावासले जनाएको छ।

कपुरले अमेरिकी तथा नेपाली निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेट गरी नवप्रविधि, डिजिटल अर्थतन्त्र र लगानी सम्भावनाबारे विचार आदान–प्रदान गरेका थिए।

भ्रमणका क्रममा उनले काठमाडौँका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू बौद्धनाथ स्तूप र पाटन दरबार स्क्वायर को अवलोकन समेत गरेका थिए। अमेरिकी सरकारले एम्बेस्डर फण्डमार्फत यी सम्पदाको संरक्षणमा सहयोग गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077