Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खोप अभियानपछि ढोरपाटनमा दादुरा संक्रमण नियन्त्रणमा

खोप अभियानपछि ढोरपाटनमा दादुरा संक्रमण नियन्त्रणमा

बुधवार , बैशाख ९, २०८३

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका-७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो। फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संक्रमण नियन्त्रणमा आउन थालेको हो।

खोप लगाउनुभन्दा पूर्व दैनिक १० देखि १५ जना दादुराका शंकास्पद बिरामी अस्पतालमा आउने गरेकामा पछिल्लो आठ दिनपछि मंगलबार निसीखोला गाउँपालिकाको एक जना शंकास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए।

हालसम्म २३९ जना शंकास्पद बिरामी परेका थिए। चौतीस जना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा संक्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ।

हालसम्म छ हजार १४० जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए। हालसम्म एक जनाबाहेक सबै शंकास्पद बिरामी निको भइसकेको उनी बताउँछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077