Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट दर्ता भएका छन्। ती रिटमाथि बिहीबार सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार बुधबार दर्ता भएका रिटहरूमा कँडेलको योग्यतामाथि गम्भीर प्रश्न उठाइएको छ ।

अधिवक्ता माधव बस्नेत, दिपकराज जोशी लगायतले दायर गरेको रिटमा महान्यायाधिवक्ता जस्तो संवैधानिक पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको जिकिर गरिएको छ। उनीहरूले नियुक्ति कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरेका छन्।

रिट निवेदकहरूको दाबी अनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन आवश्यक पर्ने योग्यता नपुगेको व्यक्तिलाई महान्यायाधिवक्ता बनाइएको छ।

विशेषगरी, कम्तिमा १५ वर्ष निरन्तर वकालत गरेको अनुभव अनिवार्य भए पनि डा. कँडेलसँग उक्त अनुभव नपुगेको आरोप लगाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत चैत २२ गते कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए। संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन योग्य व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने व्यवस्था छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077