Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विरोध दबाउन सुकुमबासी मोर्चाका महासचिवसहित तीनजना पक्राउ

विरोध दबाउन सुकुमबासी मोर्चाका महासचिवसहित तीनजना पक्राउ

शनिवार , बैशाख १२, २०८३

काठमाडौं । काठमाडौं मा सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान सुरु हुनुअघि सम्भावित अवरोध रोक्न प्रहरीले सक्रियता बढाएको छ । यही क्रममा थप तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कार्मी र दिनेश सुनारलाई थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

उनीहरूले बस्ती हटाउने क्रममा अवरोध गर्न सक्ने आशङ्का आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार मात्रै मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भन्ने नारायण परियार पनि पक्राउ परेका थिए ।

प्रहरीका अनुसार उनी २०७९ सालमा काठमाडौं महानगरपालिका ले थापाथलीस्थित बस्ती खाली गराउन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा ‘ज्यान मार्ने उद्योग’ मुद्दामा फरार रहेका थिए।

यसैबीच, सरकारले आजबाट थापाथली, गैह्रीगाउँ र मनहरा फाँट क्षेत्रका सुकुम्बासी बस्ती खाली गर्ने अभियान अघि बढाएको छ।

सम्भावित विरोध र तनावलाई ध्यानमा राख्दै ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077