Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीच पुनः भाडा सम्झौता हुन्छ : मन्त्री पोखरेल

त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघबीच पुनः भाडा सम्झौता हुन्छ : मन्त्री पोखरेल

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । सरकारले त्रिवि क्रिकेट मैदान र नेपाल क्रिकेट संघ (क्यान) बीच पुनः भाडा सम्झौता हुने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिंदै सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले आजमात्रै त्रिविका उपकूलपतिसहितका उच्च पदाधिकारीसँग छलफल भएको र भाडा सम्झौता छिटै हुने बताएका हुन् ।

आज बिहान त्रिवि उपकुलपतिसहितको बैठकमा सकारात्मक कुरा भएको बताउँदै उनले भने–‘खाली गराउने हैन । भाडा सम्झौता रिन्यू गर्ने हो । राज्यका यत्रो लगानी भएको छ । राज्यकै संरचना हो । लिज पुनः एग्रिमेन्ट चाहिँ गराउनुपर्नेछ ।’

सरकारले थालेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानअन्तर्गत त्रिविले गत ४ वैशाखमै सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निकायलाई जग्गा खाली गर्न निर्देशन दिएको हो ।

सरकारको अर्बौं लगानीपछि त्रिविले भन्यो–३५ दिनभित्र क्रिकेट रंगशाला खाली गर्नू सरकारको अर्बौं लगानीपछि त्रिविले भन्यो–३५ दिनभित्र क्रिकेट रंगशाला खाली गर्नू

त्यही निर्णयअनुसार त्रिविको रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले नेपाल क्रिकेट संघ (क्यान)लाई समेत पत्राचार गरेको छ । त्रिवि र क्यानबीचको करार सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

सुशीला कार्की नेतृत्वको सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रि स्तरको बनाउने भन्दै १० अर्बको गुरु योजना पारित गरेको थियो । जस अनुरुप पहिलो चराण काम सम्पन्न भइसकेको छ । यत्रो लगानी भइसकेको अवस्थामा त्रिभुवन विश्व विद्यालयले ३५ दिन भित्र मैदान खाली गर्न पत्राचार गरेपछि अन्यौलता बढेको थियो । 

यद्यपी त्रिभुवन विश्व विद्यालय अझै पनि सम्झौता रिन्यू गर्ने पक्षमा नरहेको बताइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077