काठमाडौं । सहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित नवनिर्मित त्रिवि क्रिकेट रंगशाला हस्तान्तरण गरेको छ ।
मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई रंगशाला र फ्लड लाइट हस्तान्तरण गरेको हो ।
आइतबार मन्त्रालयले एक कार्यक्रमबीच क्यान र राखेपलाई नवनिर्मित रंगशाला हस्तान्तरण गरेको छ । रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्यारापिट निर्माण गरिएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानसहितको रंगशाला निर्माण परियोजना समयमै सम्पन्न हुनुमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खेलेको निर्णायक भूमिकाको प्रशंसा गर्दै विशेष धन्यवाद दिए ।