Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुवान्डामाथि नेपालको जित

रुवान्डामाथि नेपालको जित

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले घरेलु टोली रुवान्डालाई ३८ रनले हराएको हो ।

नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डाले १७ ओभर ४ बलमा ६५ रन बनाउँदा सबै विकेट गुमायो । रुवान्डाकी कप्तान मारी बिमेन्यिमानाले १९ रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले ३ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो । नेपालकी कप्तान इन्दु बर्माले ३३, कविता कुँवरले २४ रन बनाइन् । रुवान्डाकी हेनरिएट इशिम्वेले ३ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो छैटौँ खेल हो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा रुवान्डालाई हराएको थियो । यस्तै नेपाल चौथो खेलमा भानुआतुसँग र पाँचौँ खेलमा अमेरिकासँग पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता आउँदो शुक्रवारसम्म चल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077