Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी २० आई सिरिज: घरेलु मैदानमा नेपाल यूएईसँग ६ विकेटले पराजित

टी २० आई सिरिज: घरेलु मैदानमा नेपाल यूएईसँग ६ विकेटले पराजित

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । टी २० आई सिरिजअन्तरगत पहिलो खेलमा यूएईसँग नेपाल पराजित भएको छ । 

सोमबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको हो ।

वर्षाका कारण केही समय रोकिएपछि यूएईले डिएल मेथर्डका आधारमा १० ओभरमा ७८ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य युएईले ७ बल बाकी छदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान मुहम्मद वसिमले सर्वाधिक ३३ रन जोडे। १५ बल खेलेका उनले ३ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै अलिशान शराफुले १८ तथा अक्षदीप नाथले अविजित १७ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ ओभरमा ८ रन खर्चेर तीन विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८।५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोडेको अवस्थामा खेल रोकिन पुगेको थियो ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३२, कुशल मल्लले १७, कुशल भुर्तेलले १६, बसिर अहमदले १४, अर्जुन साउद र नन्दन यादवले १३र१३ रन जोडे ।

बलिङतर्फ यूएईका मुहम्मद जुहैबले तीन, जुनैद सिद्दिकीले दुई तथा हैदर अली र मुहम्मद अर्फानले एक(एक विकेट लिए ।

घरेलु मैदानमा नेपालले फ्लड लाइटमा खेलेको यो पहिलो अन्तर्राष्ट्रिय र ऐतिहासिक खेल थियो । यो सँगै प्रशिक्षक स्टुआर्ट लको लागि पनि पहिलो खेल थियो । 

नेपाल र युएईबिचको अन्तिम खेल मंगलबार हुनेछ ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077