Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टी–२० आई सिरिज: नेपालले पहिले फिल्डिङ गर्दै

टी–२० आई सिरिज: नेपालले पहिले फिल्डिङ गर्दै

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं ।  टी–२० आई सिरिज अन्तर्गत खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईसँग भइरहेको खेलमा कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेका हुन्।

यस खेलबाट लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कप खेलेका अलराउन्डर सन्तोष यादवले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

नेपालले टोलीमा व्यापक परिवर्तन गरेको छ। सन्दीप जोरा, शेर मल्ल, बसिर अहमद र अर्जुन साउदलाई विश्राम दिँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमलाई उतारिएको छ।

नेपाललाई सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ। यसअघि सोमबार भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077