Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको उच्च सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।

विभागले हावाहुरी सुरु हुने सम्भावित समय बुधबार साँझ ५ः४५ बजे र समाप्त हुने समय बिहीबार बिहान ७ः४५ बजे रहने जनाएको छ ।

पश्चिमी प्रणाली पूर्वतर्फ सर्दै गएकाले देशका धेरै स्थानमा मौसम थप सक्रिय हुने र व्यापक वर्षा, चट्याङ तथा असिनासमेत पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिकूल मौसमका कारण जनजीवन, कृषि उत्पादन, यातायात र विद्युत् सेवामा असर पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विशेषगरी खुला स्थान, अग्ला रुख तथा विद्युतीय संरचनाबाट टाढा रहन, सुरक्षित आवासमा बस्न र आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077