Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

काठमाडौंको वायुको गुणस्तरमा उल्लेखनीय सुधार

काठमाडौंको वायुको गुणस्तरमा उल्लेखनीय सुधार

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ। सुक्खा मौसम र वन डढेलोका कारण केही दिनअघि उच्च बनेको प्रदूषण हालको वर्षासँगै क्रमशः घट्दै गएको हो।

एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार गत साता वायु गुणस्तर सूचकाङ्क २४७ सम्म पुगेको थियो, जुन ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ। तर पछिल्लो तथ्यांकअनुसार आज काठमाडौंको एक्युआई घटेर ७९ मा झरेको छ, जुन ‘मध्यम’ श्रेणीमा पर्छ।

प्रदूषण घटेसँगै काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पनि तल झरेको छ। गत साता पहिलो स्थानमा रहेको काठमाडौं आज २६औँ स्थानमा पुगेको एक्युआईको तथ्यांकले देखाएको छ।

एक्युआई मापदण्डअनुसार ०–५० ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ।

पछिल्लो समय परेको पर्याप्त वर्षा र हुरीका कारण वायुमा रहेको धुलो तथा धुवाँ कम भएको वातावरण विभागको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077