Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रिंकुकुमारी हत्या प्रकरणमा वडा सदस्यसहित १४ जनालाई कैद सजाय

रिंकुकुमारी हत्या प्रकरणमा वडा सदस्यसहित १४ जनालाई कैद सजाय

बिहिवार , बैशाख १७, २०८३

सिरहा । सिरहाको बहुचर्चित रिंकुकुमारी सदाय बलात्कार तथा शङ्कास्पद मृत्यु प्रकरणमा अदालतले ऐतिहासिक फैसला सुनाएको छ ।

सिरहा जिल्ला अदालतले मुद्दा दर्ता भएको १३ महिना १० दिनपछि मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको एकल इजलासबाट वडासदस्यसहित १४ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।

अदालतले घटनामा संलग्न व्यक्तिहरूलाई भूमिकाअनुसार फरक–फरक सजाय निर्धारण गरेको छ। अपराध लुकाउन ‘पञ्चायती’ बस्ने वडासदस्य नथुनी साहसहित रामकृपाल मण्डल, विन्देश्वर साह र रामदेव सदायलाई जनही आठ महिना कैद र सात हजार रुपैयाँ जरिवाना तोकिएको छ।

जनप्रतिनिधिको हैसियतमा अपराध दबाउन खोजेको ठहर गर्दै वडासदस्य साहलाई थप छ महिना कैद सजाय समेत सुनाइएको छ।

घटनामा प्रत्यक्ष संलग्न तीन नाबालकलाई पनि अदालतले दोषी ठहर गरेको छ। साथै, पीडित परिवारको न्याय सुनिश्चित गर्न अदालतले क्षतिपूर्तिलाई प्राथमिकता दिँदै दोषीहरूबाट जनही ३५ हजार रुपैयाँका दरले रकम भराउन आदेश दिएको छ।

२०७१ साल माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी १७ वर्षीया रिंकुलाई स्थानीय तीन युवकले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेका थिए। गम्भीर पीडापछि भोलिपल्ट बिहान घर फर्किएकी रिंकुले आमालाई घटना सुनाएकी थिइन्।

तर, घटनालाई कानुनी प्रक्रियामा लैजानुको सट्टा गाउँमै मिलापत्र गर्ने प्रयास गरिएको थियो। वडासदस्य नथुनी साहको रोहवरमा दुई पटक ‘पञ्चायती’ बस्दै दोषीलाई १ लाख ५१ हजार रुपैयाँ जरिवाना तिराएर घटना सामसुम पार्ने निर्णय गरिएको थियो।

जरिवानाको रकम बाँडफाँटमा विवाद भएपछि सहमति हुन सकेन। त्यसै दिन रिंकु आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन्। बाहिरबाट ढोका बन्द रहेको अवस्थामा शव भेटिएकाले उनको मृत्यु सुरुदेखि नै शङ्कास्पद मानिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077