काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव रमेश अर्याललाई आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । मन्त्रालयले विभागकै सहसचिव अर्याललाई मंगलबार महानिर्देशकमा नियुक्त गरेको हो ।
यसअघि विभागको निमित्त प्रमुखका रूपमा कार्यरत सहसचिव अर्याललाई औपचारिक रूपमा महानिर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
कर प्रशासन सुधार, राजस्व संकलनको दायरा विस्तार र कर प्रणालीमा पारदर्शिता कायम गर्ने चुनौतीपूर्ण जिम्मेवारी अब अर्यालको काँधमा आएको छ ।