Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बिहान ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने भएको छ ।

सरकारले सोमबार संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्षले नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ ।

सत्ता र प्रतिपक्षबीच नीति तथा कार्यक्रमका प्राथमिकता, कार्यान्वयन क्षमता तथा आर्थिक सुधारका विषयमा तीव्र बहस हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव (कर प्रस्तावबाहेक) छलफलका लागि सदनमा पेश गर्ने कार्यक्रम रहेको छ ।

सरकार आगामी बजेटमार्फत आर्थिक सुधार, पूर्वाधार विकास, रोजगारी सिर्जना र सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राख्ने तयारीमा रहेको बताइएको छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफललाई आगामी बजेट निर्माणको आधारका रूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077