Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा फेरि यातायात अवरुद्ध

बाढीको जोखिम बढेपछि बीपी राजमार्गमा फेरि यातायात अवरुद्ध

शनिवार , जेठ २, २०८३

काठमाडौं । बाढीको जोखिम बढेपछि बनेपा–सिन्धुली–बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट– नेपालथोक–कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ। 

त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा–सिमकोट सडक पनि बन्द भएको छ।

उता बाढी पहिरोको कारण भोजपुरमा मध्यपहाडी राजमार्ग र म्याग्दीमा बेनी–जोमसोम सडकखण्डमा अहिले एकतर्फी गाडी चलेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077