Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रकी सहायक हवल्दार अनिता सर्वोच्च शिखर सगरमाथामा

सशस्त्रकी सहायक हवल्दार अनिता सर्वोच्च शिखर सगरमाथामा

आइतवार , जेठ ३, २०८३

काठमाडौं । सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । 
कार्कीले सगरमाथाको सफल आरोहण गर्दै सशस्त्र प्रहरी बल, नेपालबाट महिलातर्फ सगरमाथा आरोहण गर्ने कीर्तिमान कायम राख्न सफल भएकी छिन् ।

सशस्त्र प्रहरीबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छन् । उनले आइतबार (मे १७ तारिख) बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन् । 
साथै उनले मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालकोसमेत सफल आरोहण गरिसकेकी छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही कार्की राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत हुन्  ।

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077