Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्लोबल आईएमई बैंकका सिईओ र डेपुटी सिईओको नाममा ‘सुसाइट नोट’, कर्मचारी मृत भेटिए !

ग्लोबल आईएमई बैंकका सिईओ र डेपुटी सिईओको नाममा ‘सुसाइट नोट’, कर्मचारी मृत भेटिए !

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । ग्लोबल आईएमई बैंकका एक कर्मचारीले सामाजिक सञ्जालमा ‘सुसाइड नोट’ जस्तो पोस्ट सार्वजनिक गर्दै आत्महत्या गरेका छन् ।

बैंकको विराटनगर शाखामा कार्यरत ४२ वर्षीय पिताम्बर खड्का आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । उनी झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग निवासी थिए ।

प्रहरीका अनुसार घटना हुनुअघि खड्काले फेसबुकमार्फत बैंकका उच्च अधिकारीहरूको नाम उल्लेख गर्दै गम्भीर मानसिक तनावमा रहेको संकेत गरेका थिए ।

उक्त पोस्टमा उनले सीईओ सुरेन्द्र कुमार रेग्मी, डेपुटी सीईओ तथा प्रवक्ता सुमन पोखरेल सहित अन्य दुई जनाको नाम उल्लेख गरेका थिए ।

उनले सीइओसहित ४ जनाको तस्बिर सार्वजनिक गर्दै नामै किटान गरी फेसबुकमा लेखेका छन्, 'तिमीहरुले मलाई मार्यौ, हरामखोर ।'

879.jpg

पोस्ट सार्वजनिक भएको केही समयमै उनी आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय दमकका अनुसार प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।

मृतकका बुबाले छोरालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुख्य कारण र परिस्थितिबारे अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077