Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद आशिका आक्रोशित - सिम्लेस्थित अस्थायी प्रहरी बिटका प्रहरी हटाउनु, ड्युटीमै मापसे गर्छन्

सांसद आशिका आक्रोशित - सिम्लेस्थित अस्थायी प्रहरी बिटका प्रहरी हटाउनु, ड्युटीमै मापसे गर्छन्

आइतवार , जेठ १०, २०८३

धादिङ । सांसद आशिका तामाङले धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेस्थित अस्थायी प्रहरी बिटका प्रहरीमाथि गम्भीर लापरबाही र मापसे (मादक पदार्थ सेवन) गरेर ड्युटीमा खटिने गरेको आरोप लागाएकी छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले सो आरोप लगाउँदै तत्काल छानबिन र कारबाहीको माग गरेकी हुन् । उनले सिम्ले क्षेत्रमा ड्युटीमा रहेका अधिकांश प्रहरी मापसे अवस्थामा रहेको दाबी गरिन् ।

साथै, सोही क्षेत्रमा आज भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भए पनि घटनापछि करिब एक घण्टासम्म प्रहरी घटनास्थलमा नपुगेको प्रमाण आफूलाई प्राप्त भएको उनले बताइन् । 

सांसद तामाङले यस घटनालाई गम्भीर सुरक्षा लापरबाही भन्दै जिल्ला प्रहरी प्रमुख (एसपी) लाई तत्काल अनुशासनात्मक कारबाही अघि बढाउन र सम्बन्धित प्रहरीहरूलाई हटाएर नयाँ टोली खटाउन अनुरोध गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077