Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद कार्कीले विदेशी महिलालाई अलपत्र पारेको विषयमा बोलिन् आशिका - 'गलतलाई गलत भन्न छोड्नु हुँदैन'

सांसद कार्कीले विदेशी महिलालाई अलपत्र पारेको विषयमा बोलिन् आशिका - 'गलतलाई गलत भन्न छोड्नु हुँदैन'

बुधवार , जेठ ६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीसँग जोडिएको नाइजेरियन महिलासम्बन्धी विवादमा प्रतिक्रिया दिँदै घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महिला स्वदेशी होस् वा विदेशी, कसैमाथि पनि अन्याय हुन नहुने उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छन्, 'महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्। देखेका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ।'

तामाङले मातृत्वजस्तो संवेदनशील विषयमा प्रमाणसहित छानबिन आवश्यक रहेको पनि बताएकी छन्।

उनले पार्टीभन्दा देश ठूलो र देशभन्दा पनि मानवता ठूलो हुने उल्लेख गर्दै गलत काम गर्ने जोसुकै भए पनि त्यसलाई गलत भन्न हिच्किचाउन नहुने धारणा राखिन्।

'यहाँ कसैलाई अन्याय हुनुहुँदैन। कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन,' उनले भनेकी छन्।

पछिल्लो समय सांसद कार्कीमाथि नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077