Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् अवरोधप्रति रास्वपा सांसद आशिकाको चिन्ता, प्रधानमन्त्रीलाई संसद्‌मा जवाफ दिन आग्रह

संसद् अवरोधप्रति रास्वपा सांसद आशिकाको चिन्ता, प्रधानमन्त्रीलाई संसद्‌मा जवाफ दिन आग्रह

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले लगातार तीन दिनदेखि संसद् अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गर्दै सत्ता र प्रतिपक्षबीच राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले राष्ट्रियताको सवालमा राजनीतिक विभाजनभन्दा माथि उठेर सबै दलले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएकी हुन् ।

तामाङले संसद् केवल उपस्थित भएर भत्ता लिने थलो नभई जनताका समस्या र देशको विकाससँग सम्बन्धित विषयमा गम्भीर छलफल गर्ने मुख्य मञ्च भएको उल्लेख गरेकी छन् । बजेटमाथिको महत्त्वपूर्ण छलफल रोकिँदा देशको विकास प्रक्रिया नै प्रभावित हुने उनको भनाइ छ ।

उनले ‘देश विकासको मेरुदण्ड’ मानिने बजेटमाथि बहस नै हुन नसक्ने अवस्था सिर्जना हुनु चिन्ताजनक भएको भन्दै राजनीतिक दलहरूबीच सहमति आवश्यक रहेको धारणा राखेकी छन् ।

त्यस्तै, उनले वर्तमान राजनीतिक असन्तुष्टिको समाधान संवाद र सहकार्यबाट खोजिनुपर्ने बताउँदै सबै पक्षले अडान मात्र होइन, लचकता पनि देखाउनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

तामाङले सहिदहरूको योगदान स्मरण गर्दै वर्तमान नेतृत्वले त्यसको सम्मान गर्नुपर्ने उल्लेख गरेकी छन् । साथै उनले सभामुखप्रति सहानुभूति व्यक्त गर्दै संसद् सञ्चालनका लागि कठिन परिस्थितिबीच पनि प्रयास भइरहेको संकेत गरेकी छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले संसद्मा उपस्थित भई प्रतिपक्षका प्रश्नहरूको जवाफ दिन र अवरोध अन्त्य गर्न पहल गर्न आग्रह गरेकी छन् ।

'तपाईं हाम्रो अभिभावक हो, हामी सबै तपाईंका सन्तान हौँ,' भन्दै उनले सदन सञ्चालनका लागि वातावरण बनाउन अनुरोध गरेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077