Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति थापा भन्छन् - गणतन्त्रको रक्षा र सुदृढीकरणबाट मात्रै मुलुक समृद्ध बन्छ

सभापति थापा भन्छन् - गणतन्त्रको रक्षा र सुदृढीकरणबाट मात्रै मुलुक समृद्ध बन्छ

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्।

गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्न सबै क्षेत्रबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुनुपर्नेमा जोड दिएका हुन् ।

थापाले गणतन्त्र दिवसले लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित न्यायपूर्ण समाज निर्माणको साझा यात्रामा सम्पूर्ण नेपालीलाई नयाँ उत्साह र प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

साथै उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै उनले जनआन्दोलन २०६२/६३ को सफलतापछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गराएको उल्लेख गरेका छन् ।

सोही निर्वाचनपछि वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरेको र त्यही ऐतिहासिक उपलब्धिको स्मरणमा हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको उनले बताएका छन्।

थापाले संविधान, लोकतान्त्रिक मूल्य र गणतान्त्रिक व्यवस्थाको संरक्षण गर्दै राजनीतिक स्थायित्व, सुशासन र समृद्ध नेपाल निर्माणतर्फ सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077