Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विदेशी लगानी स्वीकृति प्रक्रिया सहज बनाइने

विदेशी लगानी स्वीकृति प्रक्रिया सहज बनाइने

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी तथा प्रक्रियागत सुधारका उपाय अघि बढाउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीको दायरालाई विस्तार गर्दै कनभर्टेबल उपकरण, परियोजना आबद्ध फन्डिङ तथा अन्य हाइब्रिड वित्तीय उपकरणलाई समेत समेट्ने व्यवस्था गरिने जानकारी दिए।

विदेशी लगानी स्वीकृतिको प्रक्रियालाई थप सहज बनाउन स्वचालित स्वीकृति प्रणालीअन्तर्गत कायम रहेको पूर्वस्वीकृतिको व्यवस्था हटाइने उनले बताए। यसबाट लगानी स्वीकृतिको अवधि छोटिने र लगानीकर्ताले छिटो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077