Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्री मेहताको निर्देशन

क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्री मेहताको निर्देशन

शनिवार , जेठ २३, २०८३

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्तिलाई सहज बनाउन निर्देशन दिएकी छन् । 

औषधि व्यवस्था विभागको अनुगमनपछि उनले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन यस्तो निर्देशन दिएकी हुन् । 

उनले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेस गरेका तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिइन् । 

साथै, मन्त्री मेहताले विभागलाई प्रभावकारी बनाउन तत्काल गर्नुपर्ने सुधारका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको विवरण अविलम्ब पेस गर्न आग्रह निर्देशन दिएकी छन् । 

मन्त्री मेहताले सरकारबाट नि:शुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमाअन्तर्गत उपलब्ध गराइने औषधीको गुणस्तर परीक्षणलाई जोड दिन पनि सम्बद्ध पक्षलाई निर्देशन दिएकी छन् । 

यसैबीच, औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले विभागको हालको कामकारबाहीबारे मन्त्रीलाई जानकारी गराएकी थिइन् ।

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077