काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज उपत्यकाका सरकारी अस्पतालहरुको अनुगमन गरेकी छन् ।
अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविकताबारे जानकारी लिन स्वास्थ्य मन्त्री मेहता आकस्मिक रुपमा वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेकी हुन् ।
अनुगमनका क्रममा मन्त्री मेहताले अस्पतालको सरसफाई, बिरामीको चाप, औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरिन् ।
मन्त्री मेहताले अस्पतालका पदाधिकारीहरुलाई जनताले सरकारी अस्पतालमा सेवा पाउँदा राहत महसुस गर्न उनले भनेकी छन्।
उनले भनिन्- 'जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ।'
मन्त्री मेहताले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई निर्देशन दिँदै अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिएकी छन् ।
साथै अस्पतालमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताइन् ।