Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रौतहटमा ठूलो परिमाणको फर्सीको बिउ बरामद, भारततर्फ अवैध निकासीको प्रयास विफल

रौतहटमा ठूलो परिमाणको फर्सीको बिउ बरामद, भारततर्फ अवैध निकासीको प्रयास विफल

बिहिवार , जेठ २८, २०८३

रौतहट । सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको फर्सीको बिउ प्रहरीले बरामद गरेको छ ।

बौधीमाई नगरपालिका–७ स्थित बाडा बंकुल टोलबाट ९० लाख रुपैयाँभन्दा बढी मूल्यको बिउ नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले विशेष सूचनाका आधारमा बुधबार साँझ करिब साढे ७ बजे सीमा नजिकै छापा मारेको थियो ।

छापाका क्रममा बाटोको छेउमा त्रिपालले छोपेर लुकाइएका अवस्थामा ३२२ बोरा फर्सीको बिउ फेला परेको प्रहरीले जनाएको छ।

कुल १२ हजार ८ सय ८० किलो बिउ बरामद गरिएको हो, जसको बजार मूल्य प्रतिबोरा २८ हजारका दरले गणना गर्दा करिब ९० लाख १६ हजार रुपैयाँ पुग्छ।

प्रहरीका अनुसार बरामद गरिएको बिउ आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइसकिएको छ।

बरामदका क्रममा स्थानीय बासिन्दाले अवरोध गर्दै प्रहरी टोलीमाथि ढुङ्गामुडा गरेपछि अवस्था केही समय तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको हो।

झडपका क्रममा ढुङ्गामुडाबाट ३ जना स्थानीय र ३ जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077