Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भन्सार छलेर ल्याइएका १४ थान आइफोन नागढुंगाबाट बरामद

भन्सार छलेर ल्याइएका १४ थान आइफोन नागढुंगाबाट बरामद

बिहिवार , जेठ २८, २०८३

काठमाडौं । प्रहरीले भन्सार छली गरेर ल्याइएका १४ थान आइफोन मोबाइल बरामद गरेको छ ।

प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा नियमित चेकजाँचका क्रममा मोवाइल बरामद भएको जनाएको छ । 

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको हो । 

बरामद गरिएका मोवाइलहरु त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरिएको पनि प्रहरी प्रभाग नागढुङ्गाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077