Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुपन्देहीमा शंकास्पद अवस्थामा भेटिए दुई भारतीय कार, भन्सारमा बुझाइयो

रुपन्देहीमा शंकास्पद अवस्थामा भेटिए दुई भारतीय कार, भन्सारमा बुझाइयो

बिहिवार , आषाढ ४, २०८३

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहीदपथ क्षेत्रमा बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले शंकास्पद अवस्थामा रहेका ती सवारीसाधन फेला पारेको हो।

बरामद गरिएका कारहरूमा UP 53 BD 0029 नम्बरको हुन्डाई कम्पनीको कार र UP 53 DF 6980 नम्बरको महिन्द्रा कम्पनीको कार रहेका छन् ।

ती दुवै सवारीसाधनको अनुमानित बजार मूल्य करिब २७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शंका लागेपछि नियन्त्रणमा लिइएका ती कारहरूको वैधानिकता तथा स्रोतबारे थप जाँच भइरहेको छ।

बरामद गरिएका दुवै सवारीसाधन आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077