Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाजरकोट पहिरो : एक महिलाको मृत्यु, दुईजनाको उद्धार

जाजरकोट पहिरो : एक महिलाको मृत्यु, दुईजनाको उद्धार

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । जाजरकोटमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ भने घटनास्थलबाट दुई जनाको सकुशल उद्धार गरिएको छ।

जिल्लाको भेरी नगरपालिका–२, राङ्सी निवासी करिब ६० वर्षीया जयशीला शाहको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रहरीका अनुसार अस्थायी टहरामाथिबाट खसेको पहिरोले टहरा पुरिँदा शाहको घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलबाट शाहकी ४० वर्षीया छोरी मेनुका थापा र ७ वर्षीया नातिनी टिका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077