Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पूर्वमन्त्री खनालको प्रश्न - गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी ?

पूर्वमन्त्री खनालको प्रश्न - गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी ?

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । काठमाडौंका प्रमुख सञ्चारगृह अगाडि सोमबार बिहान पार्क गरिएका गाडीलाई ‘शंकास्पद’ भनिएपछि पूर्वअर्थसचिव तथा पूर्वमन्त्री रामेश्वर खनालले त्यसप्रति प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले गाडीको स्पष्ट पहिचान हुँदाहुँदै ‘शंकास्पद’ भन्ने शब्द प्रयोग गरिएको विषयमा जिज्ञासा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, 'नबुझेको कुराः गाडीको नम्बरप्लेट स्पष्ट देखिन्छ, शंकास्पद कसरी भएछ !'

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालय अगाडि सडक नै अवरुद्ध हुने गरी तीन वटा गाडी पार्क गरिएका थिए। त्यसपछि प्रहरीले क्रेन प्रयोग गरेर ती गाडी हटाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, तीनै गाडी कसले, किन र कुन उद्देश्यले सञ्चारगृह अगाडि पार्क गर्‍यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077