Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

निर्धारित मितिमै चुनाव हुन्छ, हल्लाको पछि नलाग्नुहोस् : अर्थमन्त्री खनाल

निर्धारित मितिमै चुनाव हुन्छ, हल्लाको पछि नलाग्नुहोस् : अर्थमन्त्री खनाल

बिहिवार , पौष १०, २०८२

लहान । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको मितिमै निर्वाचन हुने स्पष्ट पार्दै चुनाव नहुने भन्ने चर्चा केवल ‘हल्ला’ मात्र भएको बताएका छन् ।

रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानको जग्गा हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले निर्वाचनका लागि आवश्यक सबै बाह्य तथा आन्तरिक वातावरण बनिसकेको उल्लेख गर्दै उनले कुनै पनि आशंका नरहेको दाबी गरे ।

मन्त्री खनालले भने, 'तोकिएको मितिमा कसैले चुनाव हुँदैन भन्छ भने त्यो हल्ला मात्र हो। यस्तो हल्लाको पछि नलागी सबैले निर्वाचनमा होम्मिनुहोस्।'

उनका अनुसार फागुन २१ गते तोकिएको निर्वाचनका लागि तयारी पूरा भइसकेको छ । 'अब प्रतीक्षा फागुन २१ गते भोट खसाल्ने मात्र हो,' उनले भने।

सबै दलहरू निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै उनले स्वस्थ प्रतिस्पर्धामार्फत आफ्नो एजेन्डा लिएर मत माग्न आग्रह गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077