Jul 20 2026 | २०८३, श्रावण ४ गते

20 Jul 2026 | सोमवार, श्रावण ४ गते २०८३

सोमवार, श्रावण ४ गते २०८३
images
images

श्रीलंकाको पाँचदिने भ्रमण पूरा गरी 'प्रचण्ड' स्वदेश फिर्ता

श्रीलंकाको पाँचदिने भ्रमण पूरा गरी 'प्रचण्ड' स्वदेश फिर्ता

आइतवार , श्रावण ३, २०८३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।

प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन तथा समापन सत्रलाई सम्बोधन गर्दै विश्व राजनीति, दक्षिण एसियाली जनआन्दोलन र समाजवादका विषयमा धारणा राखेका थिए।

प्रचण्डले श्रीलंकाको कम्युनिस्ट पार्टी तथा सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का नेताहरूसँग भेटवार्ता गर्दै दुई देशका कम्युनिस्ट आन्दोलन, राजनीतिक सहकार्य, सुशासन र आर्थिक विकासका विषयमा छलफल गरेका थिए। 

साथै, भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सम्मेलनमा सहभागी राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा बौद्धिक व्यक्तित्वसँग पनि भेटघाट गरेका थिए।

नेकपाले यो भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एसियाली प्रगतिशील शक्तिसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077