Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गुप्तचरलाई फोन ट्यापिङ सुविधा दिने गरी सहमति

    गुप्तचरलाई फोन ट्यापिङ सुविधा दिने गरी सहमति

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडाैं । फोन ‘ट्यापिङ’को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधवार व्यक्तिगत फोन ‘ट्यापिङ’को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो ।

    नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ ।



    दफा १० को सूचना संकलनसम्बन्धी प्रावधानमा केही शब्द हेरफेरसमिति सहमति जुटेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।



    ‘धेरै देशमा फोन ट्यापिङको व्यवस्था छ,’उनले भने,‘व्यक्तिगत गोपनियता सुरक्षित राख्ने गरी यो प्रावधान अघि बढाउने सहमति भएको छ ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार