Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • लिम्पियाधुरा र लिपुलेकसहितको तयार नयाँ नक्सा कहिले हुन्छ सार्वजनिक ?

    लिम्पियाधुरा र लिपुलेकसहितको तयार नयाँ नक्सा कहिले हुन्छ सार्वजनिक ?

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 8.8K
    SHARES

    काठमाडाैं – सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएको लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन् ।



    नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ती भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना हुँदै आएपछि सरकारले ती भूमि समेटेर नयाँ नक्सा तयार पारेको हो ।



    ‘हामी हाम्रो भूमि छोड्दैनौं त्यसैले नयाँ नक्सा तयार पारिसकेका छौं,’ मन्त्री अर्यालले भनिन् । उनले नयाँ नक्सा छिट्टै सार्वजनिक गरी नक्सालाई देशव्यापी बनाइने बताइन् । राजधानी दैनिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार