Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओलीबाहेका शीर्ष नेता प्रचण्ड निवासमा, खतिवडालाई लाग्यो झट्का !

    ओलीबाहेका शीर्ष नेता प्रचण्ड निवासमा, खतिवडालाई लाग्यो झट्का !

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 3.3K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाहेका शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका छन् । वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस नगर्ने प्रधानमन्त्री ओलीको चेतावनीपछि शीर्ष नेताहरु गोप्य छलफलमा जुटेका हुन् ।

    शीर्ष नेताहरुको गोप्य छलफल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवास खुमलटारमा भइरहेको छ। अहिले प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु छलफलमा रहेको खुमलटार स्रोतले जनाएको छ ।



    करिब एक घन्टादेखि पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा गम्भीर रुपमा छलफल भइरहेको छ । सुरुमा प्रचण्ड निवासमा झलनाथ खनाल पुगेका थिए। त्यसपछि अन्य नेताहरु पुगेका थिए।



    वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगरे के गर्ने भन्ने रणनीति बनाउन ओलीबाहेकका नेताहरु खुमलटारमा भेला भएको स्रोतको दावी छ । उनीहरु सचिवालय बैठकले गरेको निर्णय बमोजिम वामदेवलाई राष्ट्रिय सभामा सिफारिस नगरे ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छ ।

    अध्यक्ष प्रचण्ड, नेता नेपाल र झलनाथ खनाल वामदेव गौतमलाई जसरी हुन्छ राष्ट्रिय सभा सदस्यउ बनाउनु पर्ने अडानमा छन् । ओली बाहेकका यी शीर्ष नेताहरुको अडानले अर्थमन्त्री युवराज खतिवडा त्रासित देखिएका छन्।

    तर, प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली भने वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन चाहिराखेका छैनन् । उनी अर्थमन्त्री खतिवडालाई नै राष्ट्रिय सभाको मनोनित सदस्यमा निरन्तरता दिन चाहि राखेका छन् ।

    बुधबार बसेको सचिवालय बैठकले भने वामदेवलाई नै राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न प्रधानमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको थियो । तर, प्रधानमन्त्रीले भने निर्णय भएको एक घण्टापछि वामदेवलाई राष्ट्रिय सभामा लान नसक्ने प्रतिक्रिया दिएका थिए ।

    प्रधानमन्त्री ओली रुष्ट बनेको र बुधबारको सचिवालय बैठकले पार्टीभित्रको विवादलाई गम्भीर मोडमा पुर्‍याएको संकेत गरेको एक नेताले बताए ।

    गत शनिबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्थासहित संविधान संशोधन गर्न नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो। उक्त कार्यदल पनि बुधबारको सचिवालय बैठकले भंग गरिदिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार