Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • १८ वर्षपछि अमेरिका र तालिवानबीच शान्ति सम्झौता हुँदै

    १८ वर्षपछि अमेरिका र तालिवानबीच शान्ति सम्झौता हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । १८ वर्षपछि अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच  शान्ति सम्झौता हुँदै छ । आज दीर्घकालीन शान्ति सम्झौता कतारको राजधानी दोहामा हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

    २२ फेब्रअरीदेखि सुरु भएको यो अस्थायी युद्धविरामलाई हेरेर २९ फेब्रुअरीमा दीर्घकालीन शान्ति सम्झौता गर्ने सहमति भएको थियो । अमेरिका, अफगान सुरक्षाकर्मी र तालिवानबीच एकअर्काविरुद्ध आक्रमण नगर्ने समझदारी भएपछि शान्ति सम्झौताकाे थप कार्य अगाडि बढेकाे हाे। शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा १८ वर्ष चार महिना लामो युद्ध अन्त्य हुनेछ ।



    दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शनिबार नै अफगानिस्तानको राजधानी काबुलमा युद्धविरामको संयुक्त घोषणा हुने छ । संयुक्त घोषणा सभामा अमेरिकी रक्षामन्त्री मार्क एस्पर, उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का महासचिव जिन्स स्टेलनबर्ग, अफगानिस्तानका राष्ट्रपति असरफ घानी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलगायत बिभिन्न देशका प्रतिनिधिहरुको सहभागीता रहने छ । घोषणासभापछि मात्र अफगान राष्ट्रपति घानीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नेछन् ।



    अमेरिकाले अफगानिस्तान सरकारलाई सघाउँदै तालिवान लडाकुविरुद्ध आक्रमण गर्दै आएको थियो । पछि अमेरिकाले नै शान्ति सम्झौताको पहल गरेको थियो । सन् २०१८ को सेप्टेम्बरमा अमेरिकी विदेशमन्त्री पाइक पोम्पेओले कूटनीतिज्ञ जालमेई खलिलजादलाई अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विशेष दूत नियुक्त गरेका थिए। खलिलजादकै पहलको प्रतिफल हो यो अमेरिका–तालिवान शान्ति सम्झौता ।

    सन् २००१ अक्टोबर ७ बाट अमेरिकाले अफगानिस्तानमा तालिवान सरकारविरुद्ध युद्ध सुरु गरेको थियो । सोही वर्ष अमेरिकाको पेन्टागनस्थित ट्वीन टावरमा हमला भएको थियो । यो हमलाका योजनाकार अलकायदा प्रमुख ओसामा विन लादेन भएको र उनी अफगानिस्तानमा तालिवानको संरक्षणमा रहेको निष्कर्ष अमेरिकाको थियो । त्यसैले ओसामा विन लादेनलाई अमेरिकाको जिम्मा लगाउन तालिवानलाई अमेरिकाले आग्रह ग¥यो ।

    तर, अमेरिकाको सो आग्रह तालिवानले अस्वीकार ग¥यो । त्यसको १० वर्षपछि अर्थात् २०११ मे २ मा ओसामा विन लादेन अमेरिकी सुरक्षाकर्मीबाट पाकिस्तानको अबोटावादमा मारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार